FAQs Complain Problems

आयातित तरकारी बिक्रि बितरण नगर्नु नगराउनु हुन् अत्यन्त जरुरि सूचना

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । लकडाउनको अवधिमा रातारात भारतबाट चोरी निकासी गरि ल्याई तरकारी, फलफुल तथा खद्यान्न समाग्री बेंच्ने गरेको सुचना अनुसार भारतबाट आयातित् तरकारी, फलफूल ताथ खद्यान्न समाग्री प्रयोग नगर्न गाउँपालिका वासीलाई आग्रह छ । गाडी चालक तथा बेंच्ने ब्यक्तिहरुबाट कोरोना भाइरस कोभिड–१९ सर्न सक्ने जोखिम रहेकोले गाउँपालिकाबासीहरुले उच्च सर्तकता अपनाउनुहुनका लागि त्यस्ता ब्यक्तिहरुबाट तरकारी, फलफुल र खद्यान्न समाग्री नकिन्न हार्दिक अनुरोध छ । अवैध तरिकाले फलफुल, तरकारी तथा खद्यान्न समाग्री ल्याइ विक्री गरेको पाईएमा कानुन बमोजिम कार्यवाही हुने छ । साथै स्वदेशमै उत्पादित तरकारी, फलफूल लगाएतका कृषिउपज तथा खद्यान्न समाग्री प्रयोग गर्न गाउँपालिका वासीलाई अनुरोध छ । स्वदेशमै उत्पादित कृषिउपज खरिद बिक्रि गर्दा भिडभाड नगर्न र सामाजिक दुरी कायम राख्न समेत गाउँपालिका आग्रह गर्दछ । यो संवेनशील समयमा हामी सवै धैर्यधारण गरौं, हामी सबै सचेत बनौं । सियारी गाउँपालिका, रुपन्देही ।

आर्थिक वर्ष:

जन प्रतिनिधि